चलचित्रकी नायिका बसन्तीलाई सम्मान ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

चलचित्रकी नायिका बसन्तीलाई सम्मान !



मोडल तथा नेपाली चलचित्रकी नायिका बसन्ती भाटलाई चितवनमा सम्मानित भएकी छिन । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय सातौे वार्षिकउत्सवमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल काठमाडौंबाट नाटक खेलेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी भाट फिल्म ‘अल्लारे जोवन ’बाट चलचित्र क्षेत्रमा आएकी भाटलाई चितवनको चितवन खबर पत्रिकालेले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रममा नेपाली सिने क्षेत्रका एक्शन किङ्ग चर्चित नायक निखिल उप्रेती, नेपाल चलचित्र कलाकार संघका सचिव, कलाकार तथा निर्माता चेतबहादर सिंह “राजा“ , चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्त, लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की ‘लक्की’ र नेपाली लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठेको उपस्थिति रहेको थियो ।

चलचित्र अल्लारे जोवन , बिन्दास लाइफ , रणबीर र हाल स्टुडियोमा धमाधम काम भैरहेको चलचित्र “कपुरी क” मा समेत मोडल तथा नेपाली चलचित्रकी नायिका बसन्ती भाटले अभिनय गरेकी छिन ।