चितवन २ मा पुनः उम्मेदवार बन्ने लामिछानेको तयारी, पार्टीले बोलायो बैठक - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

चितवन २ मा पुनः उम्मेदवार बन्ने लामिछानेको तयारी, पार्टीले बोलायो बैठक



राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । निर्वाचन आयोगले १० वैशाखमा चितवन २ मा उपनिर्वाचन गर्ने घोषणा गरेलगत्तै रास्वपाले बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज दिउँसो ३ बजे बैठक बताइएको छ । निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइन्छ ।

नागरिकतामा प्रक्रियागत त्रुटी भएको भन्दै निर्वाचन आयोगले रास्वपाका सभापति रवि लामिछानेको उम्मेद्वारी नै खारेज हुने फैसला गरेपछि रद्द भएको चितवन २ को चुनाव बैशाख १० मा गर्नेगरी आयोगले मिति घोषणा गरिसकेको छ

निर्वाचन आयोगले आइतबार आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार हुने तयारीमा छन् ।

नागरिकता पुन:प्राप्ति गरिसकेका कारण उनले उम्मेदवारी दिन पाउने बताइएको छ । साथै, आजको बैठकमा राजनीतिक घटनाक्रम, उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको छलफलबारेमा ब्रिफिङ र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।