चितवन क्षेत्र नम्बर २ मा कहिले हुन्छ उपनिर्वाचन ? - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

चितवन क्षेत्र नम्बर २ मा कहिले हुन्छ उपनिर्वाचन ?



चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछाने सांसदबाट पदमुक्त भएपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगले सरकारसँग परामर्श गरेर छिट्टै मिति तोक्ने तयारी गरेको छ। यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग परामर्श गर्ने आयोगको योजना छ।

‘आजबाट रिक्त भएको चितवन क्षेत्र नं २ मा छिट्टै उपनिर्वाचन गर्दैछौँ। त्यसका लागि प्रधानमन्त्रीसँग परामर्श गर्छौं’ आयोगका एक पदाधिकारीले भने।

रास्वपाका सभापति समेत रहेका सांसद रवि लामिछानेसँग नपालको नागरिकता प्रमाणपत्र नभएको सर्वोच्च अदालतले शुक्रबार फैसला गरेपछि उनको सभापति, सांसद पद गएको थियो।