चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट - Himal Post Himal Post
  • ९ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 25 2024
Logo

चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट



काठमाण्डौ । चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ ।

आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिएका छन् ।

बम विस्फोट गराउनेको पहिचान भईसकेको र खोजी कार्य तिव्र पारिएको प्रहरीको दाबी छ ।

सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको चितवन प्रहरीको दाबी छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले बम विष्फोट गराएको आशंका गरिएको छ ।

ग्रीनेड बमले भाटभटेनीको पूर्व पट्टि क्षति भएको छ ।