चितुवाको छाला र हड्डीसहित कैलालीमा एकजना पक्राउ - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

चितुवाको छाला र हड्डीसहित कैलालीमा एकजना पक्राउ



कैलाली ।।  कैलालीको लम्कीबाट प्रहरीले ३ थान चितुवाको छाला र ३ किलोभन्दा बढी हड्डीसहित एक जनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले विषेश सूचनाको आधारमा आज दिउँसो कालीकोट धौलाकोट नगरपालिका ६ का ३४ वर्षिय कण टमाटालाई ३ थान चितुवाको छाला र ३ किलो भन्दा बढी हड्डी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ब्युरोले विषेश अप्रेशन गरी बुधबार दिउँसो चिसापनीको हिमसिखर होटलबाट टमाटालाई नियन्त्रणमा लिएको हो । टमाटाले लामो समयदेखि वन्यजन्तुको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका टमाटाका बारेमा थप अनुसन्धान भईरहेको नेपालगन्ज प्रहरीले जनाएको छ ।

हिमाली टाइम्सको सहयोगमा