चितुवाको छाला सहित कैलालीबाट दुई जना पक्राउ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चितुवाको छाला सहित कैलालीबाट दुई जना पक्राउ



कैलाली । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियावाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई चितुवाको छाला सहित जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पक्राउ गरेपनि आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भइरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कैलालीवाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका- ४ वाट चितुवाको दुई थान छाला सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिकाका २३ बर्षिय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका -१ का ३२ बर्षिय रामबहादुर विष्ट रहेका छन् । राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

यस बारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।