पासोमा परेको चितुवा मर्यो

विशाल पाण्डेय / सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको सामुदायिक बनमा लगाइएको पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नं ३ नारायणपुर स्थित थाह्रा सामुदायिक बन उपभोक्ता समुह ,र मोहन्याल सामुदायिक बन उपभोक्ता समूह को सिमानामा लगाइएको पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको हो ।
स्थानियले चितुवा पासोमा परेको देखेपछि संरक्षणकर्मिलाइ खबर गरेका थिए । खबर पाए लगत्तै डिभिजन बन कार्यलय पहलमानपुर कैलालीको टोलि घट्नास्थल पुगेको थियो । घट्नास्थलमा टोलि पुग्दा घाइते अवस्थामा फेला परेको चितुवा छटपटाइ रहेको थियो ।
बन कार्यलय संग चितुवाको उद्धारका लागि दक्ष जनशक्ति नभएकाले बर्दिया राष्ट्रिय निकुञ्ज को उद्धार टोलि लाई खबर गरिएको थियो । उद्दार टोलि घटनास्थल पुग्न नपाइ चितुवा को मृत्यु भएको डिभिजन बन कार्यालय सुखडका निमित प्रमुख गौचरण चौधरीले जानकारी दिनु भएको छ ।
पासोमा परेको उक्त वयस्क चितुवालाई डिभिजन बन कार्यलय पहलमानपुर लगि जनप्रतिनिधि , प्रहरी प्रशासन , बुद्धिजीवी , पत्रकार र बन कर्मचारीको रोहोबरमा सुरक्षित स्थानमा गाडिएको छ ।
पासो कस्ले र किन थापेको हो भन्ने बारे अनुसन्धान भइरहेको चौधरीले बताएका छन ।

