संघीयताबारे चित्रबहादुर केसीको नयाँ एजेन्डा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

संघीयताबारे चित्रबहादुर केसीको नयाँ एजेन्डा



बुटवल । संघीयताबारे चर्को बिरोध गर्ने राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको नयाँ एजेन्डा प्रस्तुत गरका छन् । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले यस्तो संरचनाबारे बोलेका हुन् ।

केसीले प्रदेशहरू खारेज गर्नुपर्ने, स्थानीय तह र केन्द्रलाई नयाँ प्राक्टिसमा लैजानुपर्ने बताएका छन् । नेपालले तीन तहको संघीयता थेग्नै नसक्ने दाबी गर्दै केसीले केन्द्र र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नु पर्ने बताए। उनले यसअघि सङ्घीयता खारेज गर्नुपर्ने दाबि गर्दै आएका थिए ।

उनले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप समेत लगाए । ‘चुनाव जितेर सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको हो’, केसीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा आफैंले लगानी गर्ने, निजीकरण र व्यापारिकरण गर्ने, चुनावमा निष्ठावानलाई नभई करोडपतिहरुलाई टिकट बाँड्ने पार्टी किम्युनिष्ट हुन्छ ?’

नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए ।

नेपालमा भएका उद्योग कलकारखाना भारतको इशारामा बन्द गरिएको दाबी गर्दै केसीले सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराएको बताए ।