चित्रबहादुर केसीमाथि छानविन थालियो - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

चित्रबहादुर केसीमाथि छानविन थालियो



सोझा नेता मानिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई नातिलाई जापान पठाउने लोभमा गैरकानुनी रुपमा बाबुआमा नै परिवर्तन गरिदिएको खुलेपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङले छानविन समिति गठन गरेको छ।

चित्रबहादुरले जेठा छोरा सचिन केसीका दुई छोरालाई जापानमा बस्दै आएका कान्छा छोरा विष्णु केसीका छोरा बनाएर नावालिग परिचयपत्र बनाई त्यसैको आधारमा राहदानीसमेत निकालेको पाइएको छ।

आजको शुक्रबार साप्ताहिक समाचारअनुसार नाबालिग परिचयपत्र जारी गरेपछि राखिने सरकारी अड्डाको विवरण र समाचारमा आएको विवरणसँग हुबहु मिलेपछि छानविन अगाडि बडाउन गृहबाट निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङले छानविन समिति गठन गरेको हो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धीरेन्द्रराज पन्तको नेतृत्वमा गठन गरिएको समितिमा अर्का प्रशासकीय अधिकृत केशव लामिछाने र नायव सुब्बा विष्णुप्रसाद ढकाल सदस्य छन्।

नावालिग प्रमाणपत्र नागकिता समान हो।

दुई नातिका बाबुआमा बदल्न चित्रबाहादुरबाट भएको कामले नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने देखिन्छ।