चित्रबहादुर समुहले माइतीघरमा प्रदर्शन गर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चित्रबहादुर समुहले माइतीघरमा प्रदर्शन गर्ने



काठमाडौँ– झण्डै एक दर्जन राजनीतिक दलको अगुवाईमा नागरिकता विधेयककाविरूद्ध बृहत् प्रदर्शन गरिने भएको छ । आइतबार दिउँसो २ बजेपछि उक्त विधेयकका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिने राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए ।

विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले आन्दोलन गर्नुपरेको भन्दै केसीले तत्काल विधेयक नै खारेज गर्न माग गरे । राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले ,जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनैतिक पार्टी र संघसस्थाको संयुक्त आयोजनमा प्रदर्शन गर्न लागिएको हो । ती दलले राष्ट्रघाती नागरिकता विधेयककाविरूद्ध बृहत् जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकमा गएर कोणसभा गर्ने बताएका छन् ।

यता, गत चैत्र १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनि गृहमन्त्रालयबाट जारी परिपत्रका आधारमा विभिन्न जिल्लामा अंगिकृत नागरिकता भएका सन्तानलाई बंशजका आधारमा नागरिकता वितरण भइरहेको छ ।

यसअघि सर्वोच्च अदालतले समेत नागरिकता वितरणमा रोक लगाउने निर्णय गरेपनि फेरि अर्को आदेशमार्फत नागरिकता वितरण नरोक्न भनेको छ । नागरिकता विधेयक २०६३ संशोधन गर्न बनेको विधेयक संसदमा छलफलका क्रममा छ ।