सुदुर पश्चिमकै ठूलो चिस्यान भण्डारमा आगलागी, १ करोड बराबर क्षति - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

सुदुर पश्चिमकै ठूलो चिस्यान भण्डारमा आगलागी, १ करोड बराबर क्षति



विशाल पाण्डेय/कैलाली 

सुदुर पश्चिम् प्रदेशकै सबैभन्दा ठूलो निर्माणधिन चिस्यान भण्डारमा आगलागी भएको छ ।

कैलालीको घोडोघाडी नगरपालिका- १० पहलमानपुरमा रहेको निर्माणाधिन चिस्यान भण्डारमा आगलागी भएको हो । आज दिउँसो करिब ३ बजे लागेको आगोले करिब १ करोड बराबरको क्षति भएको अस्थाई प्रहरी पोस्ट पहलमानपुरका सहायक प्रहरी निरीक्षक प्रताप चन्दले जानकारी दिए ।

निर्माणाधिन चिस्यान भण्डारमा ओल्डिङ्गको काम भईरहेको र त्यसको झिल्का परेर आगो लागेको हुन सक्ने सहायक प्रहरी निरीक्षक चन्दले बताए ।

आगलागी हुँदा पप प्यानल (चिसो बनाउने भित्ता) जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानिय बासिन्दा र प्रहरीको सक्रियतामा करिब ३० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । आगोलाई समयमै नियन्त्रणमा लिदा ठुलो क्षति हुन बाट जोगिएको छ ।

करिब ३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको चिस्यान केन्द्रको अनुमानित ११ करोड ७६ लाख रुपैयाँ लागतमा चिस्यान भण्डार निर्माण भइरहेको छ ।