ललितपुरका मेयरले आफूलाई गाडी किनेनन, बिरुवा जोगाउन ट्यांकर किने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ललितपुरका मेयरले आफूलाई गाडी किनेनन, बिरुवा जोगाउन ट्यांकर किने



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उदाहरणीय काम गरेर देखाएका छन् । महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले ट्यांकर किनेका छन् । उक्त ट्यांकर विरुवालाई पानी हाल्ने प्रयोजनका किनिएको बताइएको छ ।

चक्रपथ बिस्तार गरेपश्चात रोपिएका बिरुवाहरूमा पानीको समस्या भएपछी उनलाई गाडी किन्न छुट्टाइएको रकमले उनले २ ट्यांकर किनेका हुन् । उनले आफुलाई पुरानै गाडीले पनि काम चलिरहेको हुनाले यस्तो निर्णय गरेको बताएका छन् ।

मेयरको लागि गाडी किन्ने भनेर गत आर्थिक वर्षमा १ करोड रुपैयाँ मेयरलाई गाडी किन्न छुट्याइएको थियो । तर, नयाँ रोपिएका विरुवालाई हिउँदमा पानी हाल्न समस्या हुने देखिएपछि त्यसैबाट ट्यांकर किन्ने निर्णय लिएको उनले बताएका छन् ।

२ वटा ट्यांकर किन्न महानगरपालिकाले करिब ६० लाख खर्च गरेको छ । ‘चक्रपथमा नयाँ रोपिएका २४ सय विरुवामध्ये २ हजार बढी ललितपुर महानगरभित्र नै छन्, त्यसैले ती विरुवालाई मर्न नदिन ट्यांकर किन्ने निर्णय गरेको बताइएको छ ।

महानगरले ल्याएका ट्यांकर बहुसुविधायुक्त छन् । यो ट्यांकरबाट अग्ला विरुवामा पानी हाल्न र सडक सफा गर्न पनि सकिन्छ ।

मेयर महर्जन अहिले टोयोटाको २० वर्षभन्दा पुरानो गाडी छाड्ने गरेका छन् । उनले आफुलाई गाडी चड्ने कुनै मोह नभएको बताएका छन् ।