वायू प्रदुषण नियन्त्रण गर्न विधुतिय बस ल्याउँदै छौँ: चिरिबाबु महर्जन - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

वायू प्रदुषण नियन्त्रण गर्न विधुतिय बस ल्याउँदै छौँ: चिरिबाबु महर्जन



ललितपुर- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वायू प्रदुषण न्यूनिकरण गर्न चार वटा इलेक्ट्रिक बस ल्याउन लागेको बताएका छन । वायु प्रदुषण नियन्त्रणका लागी महानगरपालिकाले कामह गरिरहेको जानकारी दिए ।

शुक्रबार ललितपुरमा आयोजित वायू प्रदुषण न्यूनिकरणसम्बन्धि कार्यक्रममा मेयर महर्जनले बढ्दो वायू प्रदुषणले मानवस्वास्थ्यमा गम्भिर असर गरिरहेकाले महानगरले यसमा काम गरिरहेको बताए।
महर्जनले महानगरले चार वटा इलेक्ट्रिक बस ल्याउन लागेको र यी बस वायु प्रदुषण नियन्त्रणकै लागि ल्याउन लागेको बताए । महर्जनले थपे महानगरभित्र साइकलमैत्री सडक निर्माणमा पनि आफूले योजना बनाइरहेको छ, यसका लागि नयाँ आर्थिक बर्षमा बजेटको व्यवस्थासमेत गरेका छौं ।

मेलम्ची खानेपानी आयोजनाका कारण धुलोको समस्या व्यापक भएको उल्लेख गर्दै मेयर महर्जनले चाँडो यो आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए । ‘मेलम्चीका कारण जतात्यतै सडक खनिएका छन्, सडक खन्ने तर त्यसलाई समयमै समयमै नपुर्ने समस्या कायमै छ’, उनले भने, ‘मेलम्ची आयोजना सम्पन्न भएपछि केही हदसम्म वायू प्रदुषणको समस्या कम हुन्छ ।’ सडकमा रहेको धुलो हटाउन महानगरले ब्रुमर ल्याउने तयारी गरिरहेको समेत जानकारी दिए । उनले ललितपुरलाई बस्न योग्य बनाउन आफू सक्रिय भएर लागेको दावी गरे ।