चीनमा रहेका छोराछोरी नल्याएको भन्दै स्वास्थ्य मन्त्रालय घेराउ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

चीनमा रहेका छोराछोरी नल्याएको भन्दै स्वास्थ्य मन्त्रालय घेराउ



काठमाडौं- चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।

मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।

उता सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने चीनमा रहेका नेपालीलाई फर्काउन सरकार प्रयत्नरत रहेको बताएका छन्।

चीनमा रहेका नेपालीका अभिभावकहरुले आफ्ना छोराछोरीलाई चाँडो उद्धार गरेर फिर्ता ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले जहाजको समस्या नभएको र राख्ने ठाउँमा पहिचानसमेत भइसकेको बताउँदै अन्य केही तयारी गरेर उनीहरुको उद्धार गरिने बताए ।

आफ्ना छोराछोरीलाई चाँडो उद्धार गरेर फिर्ता ल्याउन माग गर्दै अभिभावकहरु स्वास्थ्य मन्त्रालयमा धर्नामा बसेका छन्। उनीहरुले आफ्ना छोराछोरीलाई चाँडो फिर्ता ल्याएर ज्यान बचाउन माग गरेका छन्।

चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएको छ। त्यहाँबाट स्वदेश फर्किन १८० नेपालीले फर्म भरेका छन्। यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।