चिनियाँ नागरिक १९ हजार डलरसहित पक्राउ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

चिनियाँ नागरिक १९ हजार डलरसहित पक्राउ



काठमाडौं– अवैध बिदेशी मुद्रासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। आइतबार साँझ चिनियाँ नागरिक फोक्सी क्याओलाई प्रहरीले १९ हजार ९ सय २५ अमेरिकन डलर र ३८ हजार चिनियाँ युयानसहति पक्राउ गरेको हो।

उनी पर्यटक भिसामा नेपाल आएका थिए। अवैध काारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोजेका थिए। अवैध डलरसहित पटक पटक चिनियाँ नागरिकहरु नेपालमा पक्राउ पर्दै आएका छन्।