नेपाल एयरलायन्सको विमान चढेर मध्यराती आउँदैछन् चिनीया मन्त्री - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नेपाल एयरलायन्सको विमान चढेर मध्यराती आउँदैछन् चिनीया मन्त्री



नेपाल एयरलायन्सको विमानबाट चीनको सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन आज राति साढे १० बजे काठमाडौं आउने भएका छन्।

उनी नेपाल एयरलायन्सको आरए ४०२ फ्लाइटबाट हङकङ हुँदै काठमाडौं आउन लागेका हुन्।भूकम्पपछि चीनको सहयोगमा पुनःनिर्माण भएका सम्पदाहरूको अवलोकन गर्न उनी नेपाल आउन लागेका हुन्।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबहाकले चिनियाँ मन्त्रीको नेपाल भ्रमणबारे पुष्टि गर्दै चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको बताए।

निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्णरूपमा लिइएको छ। यद्यपि उनको भ्रमणलाई राजनीतिक हिसाबले हेर्न नहुने बताइएको छ ।

नेपाल भ्रमणका क्रममा चिनियाँ मन्त्री छ्युनले वसन्तपुरस्थित हनुमानढोकाको ९ तल्ले दरबार अवलोकन गर्ने कार्यक्रम छ। त्यहाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गर्ने कार्यक्रम छ।

त्यस्तै मन्त्री छ्युन पशुपतिनाथ मन्दिर, पाटनस्थित कृष्ण मन्दिर, भक्तपुर दरवार स्क्वायरको भ्रमण गर्ने कार्यतालिका रहेको परराष्ट्र स्रोतले जानकारी दियो।