चिनिया अपराधीहरू राख्न ठाउँ नै पुगेन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

चिनिया अपराधीहरू राख्न ठाउँ नै पुगेन



काठमाडौं- राजधानी उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ चिनिया अपराधिक गिरोह राख्न प्रहरीलाई तनाव भएको छ।

उनीहरू प्रहरी परिसरको हिरासतमा नअटाए पछि विभिन्न स्थामा राखिएको छ । ठाउँको अभाव भएपछि प्रहरीले यत्रतत्र राखेको छ ।

उनीहरूलाई राख्न हिरासतमा स्थान अभाव हुँदा उनीहरुलाई विभिन्न प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

पक्राउ परेका चिनियाँ नागरिक मध्ये महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ३८, बालाजु वृत्तमा १५, लैनचौर वृत्तमा ११, दरबारमार्ग वृत्तमा १४ जना राखिएको छ । बाँकी परिसरको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

पर्यटक भिषामा आएर अपराधिक गतिविधिमा संलग्न भएका १२२ जना चिनियाँ नागरिकलाई प्रक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ ।

उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको छ ।