चिनियाँ इन्टरनेटको तयारी अन्तिम चरणमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

चिनियाँ इन्टरनेटको तयारी अन्तिम चरणमा



काठमाडौं-

अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ ।

गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो ।

नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनुपर्नेछ ।

रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो । रातोपाटीका लागि यो खबर आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।

रि रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कार्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो ।