अमेरिकालाई उछिन्दै चीन विश्वकै शक्तिशाली - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

अमेरिकालाई उछिन्दै चीन विश्वकै शक्तिशाली



सीएनएन- अमेरिका र फ्रान्सलाई पछाडि पार्दै विश्व कुटनीतिमा चीन शक्तिशाली बनेको छ।

अस्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटका अनुसार चीन पहिलोपटक कुटनीतिक रुपमा सबैभन्दा शक्तिशाली राष्ट्र बनेको हो।

चीनले सन् २०१९ सम्म आइपुग्दा विश्वभर सबैभन्दा बढी राजदूतावास र वाणिज्य दूतावास स्थापना गर्न सफल भएको छ।

चीनले विश्वभर राजदूतावास र वाणिज्य दूतावास गरी २७६ वटा कुटनीतिक केन्द्र स्थापना गरेको छ।

अमेरिका र फ्रान्स यस सूचीमा क्रमश दोस्रो र तेस्रो स्थानमा छ। अमेरिकाले विश्वका २ सय ७३ स्थानमा दूतावास स्थापना गरेको छ भने फ्रान्सले २६७ स्थानमा कुटनीतिक केन्द्र स्थापना गरेको जनाइएको छ।

चीन विश्वको भौगोलिक, राजनीतिक तथा आर्थिक पहुँचमा सबैभन्दा अब्बल राष्ट्र साविभ भएको लोवी इन्स्टिच्युटको अध्ययन जनाइएको छ।

लोवी इन्स्टिच्युटका अनुसन्धानकर्ता बोनी बेली भन्छन्,‘चीनको वाणिज्य दूतावास र राजदूतावास जति देशमा स्थापना भएका छन् त्यहाँ उनीहरु आर्थिक र राजनीतिक प्रभाव छाड्न सफल भएका छन्।’

सन् २०१२ मा चीनको राष्ट्रपति बनेका सी चिनफिङ सत्तामा आएपछि उनले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवी बनाउन सफल भएको अध्ययनमा उल्लेख गरिएको छ।

अध्ययनका अनुसार सीले ल्याएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिम्स’ले चीनलाई विश्वभर कुटनीतिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेलको छ।