चिनियाँ सरकारी सञ्चारमाध्यमको भनाइ - अमेरिकाले एमसीसीमार्फत चीनलाई बदनाम गर्दैछ - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

चिनियाँ सरकारी सञ्चारमाध्यमको भनाइ – अमेरिकाले एमसीसीमार्फत चीनलाई बदनाम गर्दैछ



चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले एमसीसी सम्झौतामार्फत अमेरिकाले चीनको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।

ग्लोबल टाइम्समा बुधवार प्रकाशित एक समाचार प्रतिवेदनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सन्दर्भमा नेपालमाथि अमेरिकाले दिएको दबाब र चीनमाथि लगाइएका आरोपहरूले एमसीसी चीनलाई लक्षित गर्ने भूराजनीतिक उद्देश्यसँगको सम्झौताबाहेक अरू केही होइन भन्ने देखाउँछ,’ समाचारमा भनिएको छ ।

अमेरिकाले एमसीसी अन्तर्गत अमेरिकाबाट प्रस्तावित अनुदान सहायताको विरुद्धमा चीनले नेपालमा ‘सक्रिय रूपमा उत्तेजित वा प्रोत्साहन वा वित्त पोषित वा सहयोग पुर्‍याएको’ आरोप लगाएको भन्दै समाचारमा अमेरिकाको आलोचना गरिएको हो ।