चीनबाट फर्काइने १७७ नेपालीलाई १५ दिन सम्पर्कबिहीन बनाइने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चीनबाट फर्काइने १७७ नेपालीलाई १५ दिन सम्पर्कबिहीन बनाइने



काठमाडौं- नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन्।

चीनमा भएका १७७ नेपालीलाई मुलुकमा फर्काउने तयारीसँगै सक्रमण भए नभएको यकिन गर्न उनीहरुलाई अरुको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूमागबाट स्वदेश फिराइनेहरुलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको स्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

चीनबाट आफ्ना नागरिकलाई फर्काएका सबै मुलुकले अरु व्यक्तिसँग सम्पर्कमा आउन नपाउने गरी छुट्टै ठाउँ विशेष क्वारेन्टाइनमा राखेका छन्।

इबोलाको प्रकोप फैलिएका मुलुकहरुबाट फर्किएका सैनिकलाई यसअघि शिवपुरी ब्यारेकमा क्वारेन्टाइनमा राखिएको स्मरण गर्दै त्यो ठाउँलाई समेत मन्त्रालयले एउटा सम्भावित स्थलका रुपमा पहिचान गरेको प्रवक्ता श्रेष्ठले बताए।