समर्थन पाएपछि चीनले गर्‍यो नेपालको प्रसंशा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

समर्थन पाएपछि चीनले गर्‍यो नेपालको प्रसंशा



काठमाडौँ – चीनले नेपालको प्रसंशा गर्दै नेपालप्रति आफू खुसी रहेको जनाएको छ । नेपालले एक चीन नीतिमा आफ्नो धारणालाई सार्वजनिक गरेपछि चीनले प्रसंशा गरेको हो ।

नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीबीच भएको द्वीपक्षीय वार्ताको दौरान चिनियाँ पक्षले नेपालको प्रसंशा गरेको जनाइएको छ ।

चीन भ्रमणमा रहेको खड्काको नेतृत्वमा रहेको नेपाली टोली र वाङको नेतृत्वमा रहेको चिनियाँ टोलीबीच सान्तोङ प्रान्तको छिङ्ताओमा भएको द्वीपक्षीय भेटवार्तामा चीनले यस्तो जनाएको हो ।

मन्त्री खड्का मंगलबार चीन प्रस्थान गरेका थिए । द्वीपक्षीय भेटवार्तामा चिनियाँ पक्षले नेपालले एक चीन नीतिप्रति गरेको प्रतिबद्धताको चर्चा भएको बताइएको छ । पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर चिनियाँहरू खुसी भएको बताइएको छ ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेपछि चीनले प्रसंशा गरेको हो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र त्यसपछि एक चीन नीतिमाथि उठेको प्रश्नलाई कमजोर पार्नका लागि चीनले नेपालसहित संसारका विभिन्न मुलुकहरूलाई एक चीन नीतिप्रति प्रतिबद्धता जनाउन अप्रत्यक्ष रुपमा आह्वान गरेको थियो