पार्टी एकता तत्काल गर्न चीनको दबाब ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पार्टी एकता तत्काल गर्न चीनको दबाब !



काठमाडौं। चीन भ्रमणमा रहेका बेला नेपालका परराष्टमन्त्री प्रदिप ज्ञवालीलाई चीनीयाँ थिंक ट्यांकहरुले तत्काल एमाले र माओवादी एकता गर्न दबाब दिएको खुलासा भएको छ ।

कतिपयले एमाले र माओवादी एकतामा चीनीयाँ पक्षले दबाब दिएर अनावश्यक हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । ०७४ असोज १७ गते वाम गठबन्धन घोषणा गरेसँगै पनि एमाले र माओवादी केन्द्रबीच चीनकै दबाबमा एकता हुन लागेको आरोपहरु लगाईएका थिए ।

पछिल्लो समय दुई पार्टीबीचको एकता प्रक्रियामा विलम्ब देखिएपछि चीनले पूनः एकता प्रक्रिया तत्काल सुरु गर्न भन्दै दबाब दिएको विज्ञहरुको दाबी छ ।

भारतले यही दुई पार्टीबीचको एकता प्रक्रियाबारे कुनै टिप्पणी गरेको भए नेपालको आन्तरिक मामिलामा भारतले अनावश्यक हस्तक्षेप गर्यो भनेर यतिवेला बबण्डर मच्चिने थियो भन्दै ती विज्ञहरुले अहिले चीनले यस्तो दबाब दिएकोप्रति नेपालीहरु अनभिज्ञ हुनु दुःखद् भएको गुनासो पोखे ।