नेपालमा भारतले भन्दा चीनले बढी लगानी गर्दै - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

नेपालमा भारतले भन्दा चीनले बढी लगानी गर्दै



गत वर्षको तुलनामा भन्दा यसपालि नेपालमा वैदेशिक लगानी बढेको छ । गत असार मसान्तसम्म १५ अर्ब बराबरको बैदेशिक लगानी स्वीकृत भएकोमा यो आर्थिक वर्षको ८ महिनामा यस्तो लगानी दोब्बरले बढेर ३४ अर्ब पुगेको छ ।

पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ लगानी बढेको छ । यो वर्ष सबैभन्दा बढी चिनियाँ लगानी स्वीकृत भएको छ । उद्योग विभागको बैदेशिक लगानी महाशाखाका अनुसार गत वर्षसम्म कुल स्वीकृत लगानीको १७ प्रतिशत हिस्सा चीनले ओगटेको थियो । तर, यसपालि भने यस्तो हिस्सा २५.५८ प्रतिशत पुगेको छ ।

बैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्रबहादुर बस्नेतका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा कुल ३४ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक लगानी भएको छ । जसमध्ये २८ अर्ब ४९ करोड चिनियाँ लगानी स्वीकृत भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष भारतीय लगानी पनि बढेको छ । गत वर्ष २ अर्ब ८ करोड बैदेशिक लगानी स्वीकृत भएकोमा चालु आर्थिक वर्षको ८ महिनामा ३ अर्ब ९८ करोड बराबरको भारतीय लगानी स्वीकृत भएको छ ।