कोरोना ह्वात्तै बढेपछि बेइजिङमा नयाँ नियम लगाइयो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कोरोना ह्वात्तै बढेपछि बेइजिङमा नयाँ नियम लगाइयो



काठमाडौं- चीनमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा त्यहाँको सरकारले नयाँ नियम लागू गरेको छ।

अब सार्वजनिक स्थानमा जानका लागि कोरोना नभएको रिपोर्ट लिएर मात्रै जान पाइने भएको छ। चिनियाँ सरकारले राजधानी बेइजिङमा यो नियम लागू गरेको हो।

पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ। लकडाउन भए पनि अझैसम्म सङ्क्रमण दरमा कमी आउन सकेको छैन।

अन्य सहरमा संक्रमण तीव्र बनेपछि राजधानी बेइजिङमा कोरोनाको जोखिमलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गरिएको हो। कोरोनाको पहिलो लहर चीनबाट सुरु भएर विश्वलाई नै अस्तव्यस्त बनाएको थियो।