रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?



प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ ।

भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो साथ मिलेको हो ।

यद्यपी ओलीले नेपालमा जहाज चलाउनेभन्दा पनि विदेशमा नेपाली झन्डा रहेको जहाज चलाउने बताएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले समुन्द्रदेखि नेपालसम्म्म पानी जहाज सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका हुन् ।

निकै महँगो परियोजना रहेको भए पनि सप्तकोशी उच्च बाँधसँग समेत जोडिने जलमार्ग सञ्चालन गर्न भारतले सहयोग गर्ने घोषणा गरेको हो

चीनले काठमाडौंलाई आफ्नो रेल सञ्जालले जोड्ने प्रसंग चलिरहेका बेला भारतले पनि उस्तै घोषणा गरेको छ ।,आजकोकान्तिपुरमा यो खबर छ