मोहित मुनालको तीज गीत कोसेली 'छिन्छ पोते छिन्दैन मायाजाल' बजारमा । - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मोहित मुनालको तीज गीत कोसेली ‘छिन्छ पोते छिन्दैन मायाजाल’ बजारमा ।



कमल विष्ट

गायक मोहित मुनाल आफ्नो साङ्गीतिक यात्राको शुरूवातती चरणको गीत “आइ हेट लभ यार” लाई दर्शक श्रोताले अत्यधिक रुचाएपछी निरन्तर नयाँ नयाँ गीत लिएर आउने गरेका छन्, साङ्गीतिक क्षेत्रलाई भविष्य बनाउने अठोटका साथ काठमाडौँ छिरेका गायक मोहितको अहिले गाउँ घरमा तीजको माहोलले तातिरहेको बेला तीज गीति कोसेली ” छिन्छ पोते छिन्दैन मायाजाल” सार्वजनिक भएको छ ।

जालकाडा म्युजिक प्रा लिको प्रस्तुति एवम् वितरक रहेको उक्त गीतमा स्वर मोहित मुनाल, सम्झना रणपाल र सगुन बाबुराम, एरेन्ज कृष्ण भान्जाको रहेको छ भने भने लय शब्द मोहित मुनालकै रहेको छ ।

गीतको म्युजिक भिडियोमा रिना थापा मगरको अभिनय, वीरेन्द्र भट्टको छायाङ्कन , अनिल रानाको सम्पादन, मदन खड्काको निर्देशन रहेको छ भने वितरकको रूपमा जालकाडा म्युजिक प्रा. लि. रहेको छ ।