साढे पाँच महिनामै शिशु जन्मिएपछि… - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

साढे पाँच महिनामै शिशु जन्मिएपछि…



सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाले २२ हप्ता अर्थात साढे पाँच हप्तामै शिशु जन्माएकी छिन् । सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन् ।

उनले शुक्रबार बिहान जिल्ला अस्पताल फाप्लुमा ९ सय ग्रामको बच्चालाई जन्म दिएकी हुन् । अवधी नपुग्दै जन्मेकाले बच्चालाई अहिले एनआईसियूमा अक्सिजन, स्लाइन र औषधि दिएर राखिएको छ । आमाको अवस्था भने सामान्य रहेको र डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।

अवधि नपुग्दै जन्मिएकाले बच्चाको फोक्सोलगायत अंगको विकास नभएकाले एनआईसियूमा राखिएको अस्पतालले जनाएको छ । शनिबारसम्ममा शिशुको एक सय ग्राम तौल वृद्धि भइसकेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लामा बाल विषेशज्ञ नरहेको र घरको आर्थिक अवस्था कमजोर भएकाले जिल्ला बाहिर बालकलाई लैजान नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

शिशुको अहिले जिल्ला अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । तर, जिल्ला अस्पतालमा प्रयाप्त उपकरण नरहेकाले उपचारमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।