छोरीको आगो लगाएर हत्या गरी भाग्न लागेका आमा–बुवा पक्राउ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

छोरीको आगो लगाएर हत्या गरी भाग्न लागेका आमा–बुवा पक्राउ



दार्चुला– दार्चुलाको व्यास गाउँपालिकामा एक बुवाले आफ्नी ११ महिनाको छोरीको आगो लगाएर हत्या गरेका छन् ।

व्यास गाउँपालिका वडा नं ५ चुकपानीका बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ ।

राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए। हत्या गर्नाको कारण खुलाइएको छैन ।