आफ्नै बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आफ्नै बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ



भोजपुर । बाबुलाई खुकुरी प्रहार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ ।

शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले आज भैंसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।