८० वर्षीय बुबाको हत्या गर्ने छोरा पक्राउ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

८० वर्षीय बुबाको हत्या गर्ने छोरा पक्राउ



विराटनगर : प्रहरीले आफ्नै बुबाको हत्या अभियोगमा छोरालाई पक्राउ गरेको छ । बेलबारी नपरगालिका ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले ८० वर्षीय बुबा दल बहादुरको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयलाई लिएर विवाद हुँदा आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुबाको हत्या गर्ने छोरा जय बहादुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।