छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर



काठमाडौं- सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियारले आज विशेष अदालत काठमाडौंमा तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

छत्रदेव गाउँपालिकामा आव ०७३/७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिलअनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामान खरिद गरेको भन्ने उजुरी परेको थियो।

उजुरीमाथि अनुसन्धान हुँदा गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत जोशी सरुवा भई गएपश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरू, खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिनेदिने काम गरेको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीमध्ये ४ लाख ४७ हजार ५०० रूपैयाँ बराबरका सामग्री कार्यालयमा नरहेको देखिएको छ।

जोशीको उक्त काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि भएको भन्दै अख्तियारले जोशीले हानी नोक्सानी पुर्‍याएको रकम बराबरको बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिँदै आरोपपत्र दायर गरेको छ।