छक्का पञ्जा २ को गीत चोरी काण्ड :फलो अप नं २ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

छक्का पञ्जा २ को गीत चोरी काण्ड :फलो अप नं २



किङ खनाल/ काठमाडौँ, श्रावण ८ ।

छक्कापञ्जा १ पाइरेसी भएपछि दण्ड  पाएका एक व्यक्तिले आत्महत्या गरेका थिए । के आफ्नै फिल्म छक्का पञ्जा २ मा चोरेको गीत दिएका आल्मोडालाइ कारबाही गर्लान त दिपकराज गिरिले ? धेरैको मनमा यो प्रश्न उब्जिएको छ ।

बहुप्रतिक्षित चलचित्र छक्कापञ्जा-२ को गीत आल्मोडाले चोरेको समाचार हिमालपोष्टले प्रकाशन गरेपछि बजारमा नयाँ तरङ्ग फैलिएको छ । युट्युबमा १ दिनमै लाखौँले हेरेको यो ए दाजु नसमाउ नाडिमा भन्ने गीतको चोरी प्रकरण हामीले सार्वजनिक गरेपछि यसमाथि धेरै भिडियो रिपोर्ट बनाएर युट्युब तताइएको छ ।

कान्छामगर नेपालीले कम्पोज गरेको गीतलाई उनका पनातीले आल्मोडालाइ मेरा बाजेको गीत भनेर सुनाएको र त्यो गीतलाई आल्मोडाले चोरेको भन्ने तथ्य हामीले बाहिर निकाल्यौँ ।

दीपाश्री निरौलाको निर्देशन रहेको तथा दिपकराज गिरीले निर्माण गरेको ‘छक्कापञ्जा-२’ जस्तो चलचित्रमा चोरेको गीत हालिनुलाइ सामान्य रूपमा लिन सकिन्न । तर तथ्यसहित समाचार निस्कियो, भाइरल भयो तर पनि छक्का पञ्जा टिमबाट सामान्य स्टाटस बाहेक कुनै प्रतिक्रिया आएको छैन ।

‘ए दाजु नसमाउ नाडीमा हिलो लाग्ला नायलनको साडीमा’ बोलको गीत गन्दर्भ जातिको पुरानो गीत रहेको र कान्छामगर नेपालीले कम्पोज गरेका ररहेछन । उनका पनातिले प्रसङ्गवश अल्मोडालाइ सुनाएका रहेछन् तर, अल्मोडाले यसरी चोर्लान भनेर चिताएका पनि थिएनन ।

आल्मोडा नेपाली सङ्गीत क्षेत्रमा प्रख्यात नाम हो, उनका धेरै फ्यान छन्, उनका फ्यानले पनि अल्मोडाले पनि गीत चोर्छन भन्ने सोचेका पनि थिएनन होला तर, यो विश्वास उनले बालुवामा पानी हालेजस्तै बनाइदिए । त्यतिमात्र होइन छक्का पञ्जा टिमबाट पनि सर्वसाधारणले यो अपेक्षा गरेका थिएनन ।

उक्त गीतमा सङ्गीत अल्मोडा राना उप्रेतीले गरेको बताइएको छ तर लोकगायक रामशरण नेपालीका पिता, प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा कान्छामगर नेपाली ले कम्पोज गरेको कान्छामगरका एक नाति दीपक नेपालीले हिमालपोष्टलाइ बताए । उनीहरू सँग कान्छामगर नेपालीले कम्पोज गरेको ओरिजिनल गीत रहेको पनि उनले बताए ।

छक्का पञ्जा २ चलचित्रका निर्माण पक्षले अल्मोडा राना उप्रेतीको नाम हालेर कान्छामगर नेपालीमाथि अन्याय गरेको भन्दै परिवारजनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा हाल्ने तयारी गरेका छन् ।

कसरी भयो त चोरी ?

सक्षम व्याण्डका प्रीन्स नेपाली कान्छामगर नेपालीकै पनाति हुन् । उनी गायन र सङ्गीत का पारखी पनि हुन। प्रीन्सले प्रसङ्गवश केही समय अगाडि अल्मोडा राना उप्रेतीलाई जिज्युबाजेको गीत र सङ्गीत सुनाएका रहेछन् तर, हुबहु कपी गर्लान् भन्ने उनले कल्पना समेत गरेका थिएनन् । जब युट्युबमा गीत आयो उनी लगायत उनको परिवार झसङ्ग भए ।

को हुन् कान्छामगर नेपाली ?

ख्यातिप्राप्त लोकगायक रामशरण नेपालीका पिता, विश्वका प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा र किरण नेपालीहरूका गुरु र मार्गदर्शक पनि हुन् कान्छामगर नेपाली । उनको जन्म वि.सं १९७७ मा र मृत्यु २०६३ सालमा भएको थियो ।

हिमालपोष्टले समाचार हालेपछी दिपकराज गिरिले फेसबुक स्टाटसमार्फत यसरी आफ्नो बचाउ गरेका छन् ।

छक्का पन्जा २ को गीत अल्मोडा रानाले चोरेको खुलासा