संगठनको छबि सुधार्छुः सर्वेन्द्र खनाल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

संगठनको छबि सुधार्छुः सर्वेन्द्र खनाल



नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको छवि सुधार्ने गरि काम गर्ने दाबी गरेका छन्।

३० वर्षे सेवा अवधिका कारण बुधबार रातिबाट अवकास पाउन लागेका महानिरीक्षकसहित उच्च तहका २८ प्रहरी अधिकृतको बिदाई कार्यक्रमा खनालले उपलव्ध स्रोत र साधनको प्रयोग गरेर नेपाल प्रहरीक छवि सुधार्ने बताए।

नव नियुक्त महानिरीक्षक खनालले भने’ ‘सरकारले जुन जिम्मेवारी मलाई दिएको छ आशा भरोषा छ त्यसमा कुनै पनि कसुर नराखि काम गर्छु।’

उनले नागरिकको अपेक्षा अनुसार नै काम गर्ने बताए। भाइचारा भए मात्र संगठनको विकास हुने भन्दै उनले भाइचारको विकास गर्ने समेत दाबी गरे।