छवि ओझा र शिल्पा फरार : कहाँ लुके ? - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

छवि ओझा र शिल्पा फरार : कहाँ लुके ?



काठमाडौं- अदालतले पक्राउ पूर्जी जारी गरेसँगै चलचित्र निर्माता छविराज ओझा र उनकी श्रीमती एवं अभिनेत्री शिल्पा पोखरेल फरार भएका छन् ।

छवि ओझाको पहिलो श्रीमती हेमा ओझाले छविराज ओझा र उनकी कान्छी श्रीमती शिल्पा पोखरेल विरुद्ध केही दिनअघि बुहूविबाहको उजूरी महानगरीय प्रहरी वृत्त गौशामा दिएकी थिइन् ।

सोही उजुरीको आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार छवि र शिल्पा पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनीहरु दुबैजना फरार भएका हुन् । उनीहरुलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिचालन भइसकेको छ ।

‘छवि ओझा र शिल्पा पोखरेललाई खोजिरहेका छौं, उनीहरु सम्पर्कमा छैनन्, हामी खोजिरहेका छौं,’ काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले भने ।

२२ भदौमा शिल्पा पोखरेलले आफूलाई श्रीमान् छविराज ओझाले हातपात गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ओझाविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीको रोहवरमा भएको छलफलमा आफ्नै पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा पति छविराजले माफी मागेपछि विबाद समाधान भएको थियो ।

तर, त्यस लगत्तै शिल्पाले आफू छविसँग बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदको निवेदन अदातलमा दिएपछि हेमाले उनीहरु विरुद्ध वहूविबाहको उजुरी दिएकी थिइन् ।