बलात्कारको आरोपमा घोडाघोडीबाट ६ जना पक्राउ

हिमाल पोस्ट / सुखड,कैलाली ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका -४ मा १६ वर्षिया किशोरीको सामुहिक बलात्कार गरेको आरोपमा छ जना पक्राउ परेका छन् ।
बलात्कारको घटना बैशाख १ गते रातीको भएपनि प्रहरीमा शनिबार मात्रै उजुरी आएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शनिबार प्रहरीमा उजुरी आएपछि संग्लनको आरोपमा
घोडाघोडी नगरपालिका -१ का राकेश गिरि ,रुपेश चौधरी , लक्ष्मण रावल , हिमराज क्षेत्री , नरेन्द्र विक र नवीन शाही लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
१६ बर्षिया किशोरीको भने काठमाडौँमा उपचार भईरहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

