स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले औषधि पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले औषधि पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए



काठमाडाैँ – उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री–वितरण गर्ने औषधि पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

मङ्गलबार सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपप्रधानमन्त्री यादवले गुणस्तरहित औषधि बिक्री-वितरण गर्ने औषधि पसलहरूमाथि कडा कार्बाही गर्ने चेतावनी दिएका हुन् । उनले चिसोमा नराखिएको औषधि बिक्री-वितरणमा पनि प्रतिबन्ध लगाउने बताए।

उपप्रधानमन्त्री यादवले चिकित्सकहरूको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री-वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरूमा सरकारले कडा निगरानी राख्‍ने योजना पनि अघि सारे।

उनले सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि जनाए । उनले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महङ्गो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैँले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी गरिरहेको बताए।