चेस प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चेस प्रतियोगिता सम्पन्न



हिमाल पोस्ट /बुटवल ३१ 

नदीझैं सिर्जना र सीपले सरर बग्ने यस रूपन्देही क्षेत्रमा रहेका अध्ययनरत विद्यार्थीहरूको अतिरिक्त किर्याकलाप प्रति लगनशीलताको यात्रामा एक कदम अगाडी प्रोत्साहन गर्ने उद्येश्यले तिलोत्तमा क्याम्पस कक्षा-१२ विज्ञान संकायले शक्रबार/शनिवार स्तरीय तहको दुई दिने बुध्दिचाल(चेस) प्रतियोगिता आयोजना गरेको थियो।

तिलोत्तमा क्याम्पस कक्षा १२ विज्ञान समूहका सक्रिय सुमन रेग्मी, दर्शना ढकाल, समीक्षा भट्टराई, मुरारी गुप्ता लगायतको सक्रियतामा क्याम्पसको आयोजनामा वैशाख २९ र ३० गते दुई दिने जिल्लास्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको हो । रुपन्देही बुद्धिचाल सघबाट अध्यक्ष महेन्द्र राज्भन्डारी, उपाध्यक्ष डा बद्री थैव, बिजन मान थैब, बिसन मान लगायत केन्द्रीय उपाध्यक्ष माधव प्रधान उपस्थित हुनुभयो। १९ सभागीमा नमन सेढाई दीप बोर्डिङ प्रथम , अमृत ज्ञवाली कालीका मा बि द्दितीय र अरुण केसी साइनिङ स्टार तृतीय भयका छन्।क्याम्पसका संस्थापक प्राचार्य प्रा. डा. रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आचार्य कै हातबाट  पुरस्कार र मायाको चिनो वितरण भएको  थियो ।

उक्त कार्यक्रमका संयोजक कक्षा-१२का सुमन रेग्मी र कार्यक्रम सञ्चालिका कक्षा-१२ कै दर्शना ढकालले गर्नु भएको थियाे ।