रोनाल्डो झैं विश्वकपमा चम्किएका चेरिशेभ - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

रोनाल्डो झैं विश्वकपमा चम्किएका चेरिशेभ



एजेन्सी । रसियामा जारी विश्वकपमा क्रिष्टियानो रोनाल्डोपछि व्यक्तिगत तीन गोल गर्नेमा रसियाका डेनिस चेरिशेभ परेका छन् । उनले मंगलबार राति भएको रसिया र इजिप्टको खेलमा एक गोल गरेसँगै जारी विश्वकपमा व्यक्तिगत तीन गोल पुर्याएका हुन् ।
यसअघि स्पेनविरुद्धको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए भने चेरिशेभले दुई खेलमा तीन गोल गर्दै रसिया विश्वकपमा आजसम्म धेरै गोल गर्ने अर्का खेलाडी बनेका छन् ।

उनले यसअघि जुन १४ मा भएको रसिया र साउदी अरबबीचको उद्घाटन खेलमा २ गोल गरेका थिए । इजिप्टका कप्तान अहमद फातीले ४७ औं मिनेटमा आत्मघाती गोल गरेपछि रसियाले अग्रता लिएको थियो भने दोस्रो गोलका लागि चेरिशेभले ५९ औं मिनेटमा गोल गर्दै रसियाले २—० गोलको अग्रता लिएको थियो । चेरिशेभ म्यान अफ दि म्याच समेत भएका थिए ।

को हुन चेरिसेभ?

रसिया र साउदी अरबबीचको उद्घाटन खेलमा उदाएका खेलाडी हुन् डेनिस चेरिशेभ । साउदी अरबविरुद्ध २ गोल गरेपछि चेरिशेभ चर्चामा छन् । चेरिशेभ सन् २०१२ देखि रसिया राष्ट्रिय टिममा आवद्ध भएका थिए । सन् २०१४ को विश्वकप छनोट खेलमा नेदरल्याण्डस्विरुद्ध मैदान प्रवेश गरेका चेरिशेभ ५ मिनेट मै चोटग्रस्त भएपछि मैदानबाट बाहिएका थिए ।

झण्डै दुईवर्ष मैदान बाहिर रहेका चेरिशेभ पुनः २०१८ मा रसिया र फ्रान्सबीचको मैत्रीपूर्णखेलबाट खेलमा फर्किएका हुन् । खेलमा चेरिशेभको प्रदर्शन राम्रो भएपछि उनलाई घरेलु भूमिमा हुन लागेको विश्वकपको प्रारम्भिक टोलिमा समावेश गरिएको थियो ।
२७ वर्षीय चेरिशेभले साउदी अरबसँगको खेलमा २ गोल गरेका थिए भने रसिया र इजिप्टबीचको खेलमा थप एक गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय खेलमा ३ गोलको रेकर्ड राखिसकेका छन् ।