अत्यन्तै कमजोर ब्याटिङका कारण चेन्नईको लज्जास्पद हार - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

अत्यन्तै कमजोर ब्याटिङका कारण चेन्नईको लज्जास्पद हार



एजेन्सी– तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ ।

जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । चेन्नईका आम्बाती रायडुले ४० बलमा ४ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए ।

चौथो ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले फाप डु प्लेसिसलाई क्रिस मोरिसबाट ८ रनमा क्याच आउट गराए । छैटौं ओभरको चौथो बलमा सुन्दरले अर्का ओपनर शेन वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । वाटसनले १८ बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको दोस्रो बलमा नारायण जगदेसन ३३ रनमा रन आउट हुन पुगे । नारायणले २८ बलमा ४ चौका प्रहार गरे ।

स्पिनर युजचेन्द्र चहललाई १६ औं ओभरको अन्तिम बला ठूलो सट खेलेका कप्तान महेन्द्रसिंह धोनी बाउन्ड्री नजिकै गुरक्रित सिंहमानबाट १० रनमा क्याच आउट भएपछि चेन्नईको जित टाढिएको थियो । साम करनले खाता खोल्न सकेनन् । रविन्द्र जडेजा ७ रनमा क्याच आउट भए ।

वासिन्टन सुन्दरले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहल र इसुरु उडानाले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ४ छक्का सहित ९० रनमा अविजित रहे । शिवम दुबे १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । बेंगलोरले अन्तिम २४ बलमा ६६ रन जोडेको थियो ।

तीव्र गतिका बलर दीपक चहरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई २ रनमा बोल्ड आउट गर्दै चेन्नईलाई पहिलो सफलता दिलाए । फिन्चले ९ बलको सामना गरेका थिए । ११ औं ओभरका अर्का तीव्र गतिका बलर शार्दुल ठाकुरले प्रमुख दुई विकेट लिए । ११ औं ओभरको दोस्रो बलमा ठाकुरले फाप डु प्लेसिसबाट ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा क्याच गराए ।

पाडिक्कलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुइबल पछि आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्स धोनीबाट शून्यमा क्याच आउट हुन पुगेपछि बेंगलोर ६७–३ को अवस्थामा पुगेको थियो । साम करनले १५ औं ओभरको तेस्रो बलमा वासिन्टन सुन्दरलाई धोनीबाट १० रनमा क्याच आउट गराए । चेन्नईका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । साम करन र दीपक चहरले एक एक विकेट लिए ।

चेन्नईले अव सनराइजर्स हैदराबादसँग मंगलबार खेल्ने छ । बेंगलोरले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद ६ खेलमा समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।