दुई पटक आईपीएल जितेको चेन्नईको हरिबिजोग - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

दुई पटक आईपीएल जितेको चेन्नईको हरिबिजोग



काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को दुई पटक सम्म टाइटल बिजेता चेन्नई सुपर किंग्सको २०२० को खेल निकै निरासाजनक देखिएको छ । जोस बटलरको अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ।

बटलरले अविजित ७० रन बनाएपछि राजस्थानले १ सय २६ रनको लक्ष्य १५ बलअगाडि पूरा गरेको थियो । इंग्ल्यान्डका विकेटकिपर/ब्याट्सम्यानले ४८ बलको इनिङ्समा ७ चौका र २ छक्का प्रहार गरे।

बटलरले कप्तान स्टिभ स्मिथसँग चौथो विकेटमा ७८ बलमा अविजित ९८ रनको साझेदारी गर्दै राजस्थानलाई १० खेलमा चौथो जित दिलाए। स्मिथ ३४ बलमा २ चौकासहित २६ रन बनाए। बेन स्टोक्स १९, रोबिन उथप्पा ४ र सन्जु सामसन शून्यमै आउट भएपछि बटलर र स्मिथको जोडी जमेको थियो।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई १० खेलमा सातौं पराजयपछि पुछारमा पुगेको छ। टोलीले बाँकी रहेका सबै चार खेल जितेमा मात्र प्लेअफमा जाने सम्भावना रहन्छ। डबल राउन्ड रोबिन लिगको समाप्तपछि शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ ।

दिल्ली क्यापिटल्स १४, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोर समान १२ र कोलकाता नाइट राइडर्स १० अंकसहित पहिलो चार स्थानमा छन्। राजस्थान ८ अंकसहित पाँचौं स्थानमा छ।

यसअघि चेन्नईले पहिलो ब्याटिङ गर्दा यस सिजनको आईपीएलमा सबैभन्दा न्युन स्कोर बनाएको थियो। अन्तिम १५ ओभरमा ६ वटा बाउन्ड्री प्रहार गर्न सक्नुले नै चेन्नईको ब्याटिङ कथा प्रस्टयाउँथ्यो। धोनी २८ बलमा २८ रन बनाई आउट भए भने रवीन्द्र जडेजाले ३० बलमा अविजित ३५ रन बनाए। धोनीले २ जडेजाले ४ चौका प्रहार गर्दै ५१ रन जोड्न ४६ बल खेल्नुपरेको थियो।

ओपनर फाफ डु प्लेसिस ११, शेन वाटसन ८, साम कुरान २२, अम्बाती रायडु १३ रनमा आउट भएका थिए। अर्का अविजित ब्याट्सम्यान केदार जाधबले ७ बलमा ४ रन बनाए। चेन्नईलाई राजस्थानका स्पिनरको दबाबले थिचेको थियो।

श्रेयस गोपालले ४ ओभरमा १४ र राहुल टेवाटियाले ४ ओभरमा १८ रनमात्र खर्चेका थिए। दुवैले १–१ विकेट लिए। जोफ्रा आर्चरले ४ ओभरमा २० र कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १–१ विकेट लिए।