चेलीबेटी बेचबिखन रोक्न पुर्नवासमा संयुक्त अभियान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चेलीबेटी बेचबिखन रोक्न पुर्नवासमा संयुक्त अभियान



हेमन्त न्यौपाने / कञ्चनपुर ।
कुनैपनि किसिमको चेकजाँच नहुने पुनर्वास नगरपालिकाको खुल्ला सीमा क्षेत्रको फाइदा उठाउदै पछिल्लो समय बढ्दो मानव बेचबिखन तथा ओसारपसारका घटनालाई रोकथाम गर्न आज पुनर्वास नगरपालिकाका सीमा क्षेत्रमामा जनचेतना मुलक संयुक्त अभियान कार्यक्रम सञ्चालन गरिएको छ ।

आज पुनर्वास नगरपालिकाको शहिद गोविन्द बजार हुँदै बिचफाँटा सम्म पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, उपप्रमुख शारदा शर्मा बिष्ट, ईलाका प्रहरी प्रमुख, सहयोगी संस्थाका प्रतिनिधिहरु, समितिका प्रतिनिधिहरु लगायतको उपस्थितिमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । पुनर्वास नगरपालिकाको आयोजनामा सम्पन्न जनचेतना मुलक कार्यक्रमलाई मानव बेचबिखन तथा ओसारप्रसारका रोकथामका लागि अभियान चालिरहेका संस्थाहरु निड्स नेपाल र एडब्लूओ इन्टरनेसनलले सहयोग गरेको छ।

मानव तस्करहरुको रुट बन्दै गएको कञ्चनपुरको पुनर्वास नगरपालिकाका सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न नगरपालिकाले एक समिति समेत गठन गरेको छ ।

समितिका संयोजक समेत रहेका नगरपालिकाका प्रमुख जीवनराज थापाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सबैको प्रयास आवस्यक रहेको बताए । नगरप्रमुख थापाले सीमा क्षेत्रमा बसोबास गर्ने नगरबासीहरुलाई त्यस्ता शंकास्पद व्यक्ति तथा क्रियाकलाप भएको पाइएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

नगरपालिकाको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिका सदस्य मिरा चन्दले देशका विभिन्न ठाँउबाट यस नगरपालिकाका खुल्ला सीमाको फाइदा उठाउदै मानव तस्करहरुले नेपाली चेलीबेटीहरुलाई भारत तथा तेस्रो मुलक पुर्याईरहेको बताईन । उनले यस मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा समिति, प्रहरी वा कुनै संस्था मात्र नभई सबैको ऐक्यबद्धता आवस्यक रहेको जिकिर गरिन ।