सागमा चेलीले चम्काए देशको इज्जत - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

सागमा चेलीले चम्काए देशको इज्जत



काठमाडौं- एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले गत मंगलबार दशरथ रंगशालामा इतिहास रचिन् ।

उनी दक्षिण एसियाली खेलकुद (साग) इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण विजेता बनिन् । सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो ।

यसअघि सागको एथलेटिक्समा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा थियो । यसपटक सन्तोषीले त्यो दबदबा तोडिन् । सन्तोषीले भारतीय धाविका कविता यादवलाई एक मिलिसेकेन्डले उछिन्दै स्वणर्ए हात पारेकी थिइन् ।

सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ०७.९५ सेकेन्डमा पूरा गरेकी थिइन् । पहिलो सहभागितामा स्वर्ण पदक नै जित्छु भन्ने लागेको थिएन, आफ्नो जितपछि सन्तोषीले भनिन् कुनै न कुनै पदक जित्ने विश्वास भने थियो ।

ब्राजिलको रियो दि जेनेरियोमा तीन वर्षअघि विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आयोजना भएको थियो । त्यसमा गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन् । त्यो ओलम्पिकमा भाग लिने विश्वकै काछी खेलाडी थिइन्, गौरिका ।

सञ्जु चौधरीले पनि भारोतोलनमा स्वर्ण जित्दै इतिहास रचिन् । सोनीले निर्धारित ७५० मिटर पौडी २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड एक घण्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गरेकी थिइन् । आजको खन्नपूर्ण दैनिकमा समाचार छ ।