चौथो घोडाघोडीे खेलकुद सप्ताह सम्पन्न - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

चौथो घोडाघोडीे खेलकुद सप्ताह सम्पन्न



ललित जाग्री / सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको चौथो घोडाघोडीे खेलकुद सप्ताह तथा पुस्कार वितरण कार्यक्रम एक कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ ।

घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा भएको कार्यक्रममा सभापति क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलिभद्र सापकोटा, प्रमुख अतिथी प्रदेश सभा सदस्य अमर बहादुर साउद, बिशिष्ट अतिथी घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशी, महादानबिर भवानी शंकर आचार्य, दानबिर नन्द राम सापकोटा, दानबिर उत्तम बोहरा, त्यस्तै अतिथीहरुमा सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारी, अतिरिक्त क्रियाकलाप संयोजक गणेश ढकाल, प्रध्यापक दिपिका भट्ट, घोडाघोडी बहुमुखी क्याम्पस स्वबियु सभापति जीवन बि.सी.लगायतका ब्यक्ति रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथीले पानसमा बत्ति बालेर उद्घाटन भएको कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यपक दिपिका भट्ट, क्याम्पस प्रमुख दिनेश राज जोशी, स्वबियु सभापति जीवन बि.सी. प्रदेश सभा सदस्य अमर बहादुर साउद लगाएतकाले मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रमा हाजिर जवाफ, निबन्ध लेखन, गजल बाचन, बक्तृत्वकला, म्युजिकल चियर, दौड, हाईजम्प, लमजम्प, फुटबल, भलिबल, बास्केटबल, ब्याटमेन्टेन लगायत बिभिन्न बिधामा उत्कृट हुने बिद्यार्थीहरु लाई पुरस्कार तथा प्रमाण पत्र समेत बितरण गरिएको थियो भने सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन +२ संयोजक चेतराज बिनाडीले गर्नु भएको थियो ।