चौतारी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चौतारी



एउटा आमा जस्तो अनुहार
पिठिउमा पहाड जस्तो जिन्दगी बोकेर
उकालो चढीरहेछ।

एउटा पिताको जस्तो निधार
आँखा भरी परदेश बोकेर
ओरालो झरीरहेछ।

एउटा देश जस्तै पिपल
बर्षौँ देखि कोतरीरहेछ उसैको
छातीमा
उक्लने ओर्लनेहरुको अभिलेख ।

© रसिक राज