सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण



सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति आक्रमण भएको छ।

अज्ञात समूहले गरेको आक्रमणबाट प्रहरी चौकीका इन्चार्जसहित दुई प्रहरी घाइते भएका छन्।

शुक्रबार राति १ बजे १०/१२ वटा मोटरसाइकलमा आएको समूहले एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका हुन्।

आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असइई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको सिन्धुपाल्चाेक जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएको छ।

अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो। आक्रमणमा संलग्गन मध्ये एक जना र दुइ मोटरसाइकाल नियन्त्रणमा लिएको छ।

घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टाेली तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राति नै घटनास्थल पुगेका छन्।

प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ।