नेकपा (एस)मा गएका रौतहटका वडा अध्यक्ष पनि एमालेमै फर्किए - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेकपा (एस)मा गएका रौतहटका वडा अध्यक्ष पनि एमालेमै फर्किए



रौतहट- नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी पुनः नेकपा (एमाले)मै फर्किएका छन्। उनले आइतबार आफू एमाले मै रहेको घोषणा गरेका हुन। यसअघि उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।

पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित नगर कमिटिको बैठकमा चौधरीले एकीकृत समाजवादीमा सनाखत गरे पनि पुनः एमालेमै फर्किएको घोषण गरे। आफूले सूर्य चिह्नबाट नै चुनाब जितेकाले एमाले छाड्न नसकेको उनको भनाइ छ।

वडा अध्यक्ष चौधरीसँग एकीकृत समाजवादीमा सनाखत गरेकी सोही वडाकी वडा सदस्य उर्मिला हजारा पनि एमालेमै फर्किएकी छन्। यो नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर भएको नरपालिका हो। नेपालको घर वडा नम्बर ४ मा छ।