मतदाता बोकेको गाडी दुर्घटना, मृत्यु हुनेकाे संख्या १४ पुग्यो - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मतदाता बोकेको गाडी दुर्घटना, मृत्यु हुनेकाे संख्या १४ पुग्यो



स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।

आज बिहान भएकाे दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । उनले मृतक १४ जनामध्ये १० जनाकाे सनाखत भइसकेकाे पनि जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उपचारका लागि पाेखरा पठाइएकाे छ । जिपमा सवार सबै मतदाता हुन् । उनीहरूलाई भाेट खसाल्न मतदान केन्द्र लगिँदै थियाे ।

वालिङ नगरपालिका १४ शिर्घबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमुलमा दुर्घटनामा परेकाे हाे । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।