यी १४ बाचा पुरा गर्लान त मोदीले ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

यी १४ बाचा पुरा गर्लान त मोदीले ?



 

प्रधानमन्त्री केपी ओली र समकक्षी नरेन्द्र मोदीले आज संयुक्त पत्रकार सम्मेलनमा धेरै कुराको बाचा गरेका छन् । यस्ता बाचा त धेरै पटक दुवै तर्फबाट नगरिएको होइन तर यो पल्ट भारतले नेपालसंग छुट्टै सम्बन्ध बनाउन खोजिरहेको छ  ।

ठुला नदीदेखि हुलाकी सडकसम्मका परियोजनामा भारतले वर्षौँदेखि होल्ड गरेको अवस्थामा मोदीले ‌ओलीको जलमार्गमा र रेल्वेमा साथ दिने बचन पनि दिएका छन् ।

‘नेपालको विकासमा भारत हातेमालो गर्न तयार रहेको छ’, उनले भने, नेपालको तीव्र आर्थिक विकासको चाहनालाई साकार पार्न जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता हामीले गरेका छौँ ।’

मोदीले अब नेपाल नयाँ युगमा प्रवेश गर्ने बताएका छन् । ‘नेपालको विकासमा भारत भागिदारीको लामो इतिहास छ’, उनले भने, ‘आर्थिक विकास र समृद्धिमा पछिसम्म सक्दो सहयोग हुनेछ, अब नेपाल नयाँ युगमा प्रवेश गर्नेछ ।’

भुपरिवेष्ठित देश नेपाललाई समुद्रसँग जोड्ने पारवहन अधिकारप्रति मोदी सकारात्मक देखिएका छन् । उनले नेपालको जलमार्गको सपनालाई साकार गर्न भारतले जस्तोसुकै सहयोग गर्ने बताए । ‘सगरमाथाको देशलाई सागरसम्म जोड्नका लागि भारतले सहयोग गर्नेछ’, उनले भने, ‘काठमाडौं र दिल्लीसम्म रेलमार्ग मार्ग जोड्ने कुरामा ओलीजी र म सहमत भएका छौँ ।’

के के भने मोदीले ?

१. नेपालको समुन्द्रसम्म केनेक्टिभीटी, सगरमाथाको देशलाई सागरसँग जोड्ने 
२. अहिलेसम्म नेपाल ल्याण्ड लिंक्ड थियो वाटर लिंक्ड हुन्छ 
३.काठमाडौँदेखि दिल्लीसम्म रेलमार्ग बनाउन सहमत 
४.वीरगन्ज-रक्सौल एकीकृत चेक पोष्ट उद्घाटनको जानकारी 
५. तराईको सडक र पेट्रोलियम पाइपलनको कनेक्टिभिटी 
६. स्वास्थ्य, शिक्षा कृषिको आधुनिकीकरणमा सहयोग 
७. अर्गानिक खेती, कृषि अनुसन्धान र कृषि शिक्षामा सहयोग
८. ओलीको जल संशाधान र ऊर्जा विकास सहकार्य गर्न सहमत 
९. अरुण तेस्रो, पञ्चेश्वर, सप्तकोशी र सुनकोशी विद्युत तथा बाँध बनाउन सहमत 
१०. रक्षा र सुरक्षा विषयमा गम्भीर छलफल 
११. ओपन बोर्डर दुरुपयोग रोक्न सहमत 
१२. रामायण र बुद्धिस्ट सर्किटको विकास सहयोग बढाउने
१३. नेपालको संघीय लोकतन्त्र व्यवस्था मजबुद गर्न सहयोग गर्ने
१४. विकासका साझा लक्ष्यः ‘हाम्रो सब साथ सबका विकास’ र ओलीजीको ‘समृद्ध नेपाल, सुखी नेपाल’