चट्याङ लागेर नुवाकोटमा एक जनाको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चट्याङ लागेर नुवाकोटमा एक जनाको मृत्यु



नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको डिगाउंमा चट्याङले लागेर एक वृद्धको ज्यान जानुकासाथै घरमा आगलागी भएको छ । म्यागङ गाउँपालिका–४ डिगाउंमा शनिबार राति घरमा बसिरहेको बेला चट्याङ लागेर ६८ वर्षीय निङवहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

चट्याङले निङबहादुरको घरमा आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । हावाहुरीसहित परेको चट्याङले निङबहादुरको एउटा दुहुनु भैंसी मरेको र चार वटा वाख्रा घाइते भएको भट्टराईले बताए।   मृतकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ ।